नियम १६
अनुगमन समिति
(१) अनिवार्य तथा निःशुल्क शिक्षामा सबै नागरिक तथा बालबालिकाको पहुँच सुनिश्चित गर्ने सम्बन्धमा सञ्चालित कार्यक्रम र ऐनको प्रभावकारी कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्न देहाय बमोजिमको एक अनुगमन समिति रहनेछः-
(क) सचिव, मन्त्रालय -अध्यक्ष (ख) सहसचिव, अर्थ मन्त्रालय -सदस्य
(ग) सहसचिव, राष्ट्रिय योजना आयोग -सदस्य
(घ) सहसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय - सदस्य
(ङ) सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय - सदस्य
(च) प्रदेश सरकारको शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालयका सचिव - सदस्य
(छ) शिक्षाविद्हरुमध्येबाट मन्त्रालयले मनोनयन गरेका एक
जना महिला सहित दुई जना -सदस्य
(ज) सहसचिव, विद्यालय शिक्षा महाशाखा, मन्त्रालय - सदस्य-सचिव
(२) उपनियम (१) को खण्ड (छ) बमोजिमका सदस्यको पदावधि दुई वर्षको हुनेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सकिनेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाईको मनासिब मौका दिनु पर्नेछ।